किस्पाङ बहुप्राविधिक शिक्षालयको आधिकारिक वेबसाइटमा तपाईंलाई हार्दिक स्वागत गर्दछु। गुणस्तरीय, व्यावहारिक तथा रोजगारमुखी प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्यका साथ किस्पाङ गाउँपालिकाद्वारा सञ्चालित किस्पाङ बहुप्राविधिक शिक्षालय आज स्वास्थ्य शिक्षा क्षेत्रमा एक विशिष्ट शैक्षिक संस्थाका रूपमा स्थापित हुँदै गएको छ। नेपालका ४६० गाउँपालिकामध्ये स्वास्थ्यसम्बन्धी डिप्लोमा कार्यक्रम सञ्चालन गर्ने पहिलो गाउँपालिकाको गौरव किस्पाङ गाउँपालिकाले प्राप्त गरेको छ, जसले ग्रामीण क्षेत्रमै गुणस्तरीय स्वास्थ्य शिक्षा विस्तार गर्ने ऐतिहासिक उदाहरण प्रस्तुत गरेको छ। हाल यस शिक्षालयमा डिप्लोमा इन फार्मेसी तथा डिप्लोमा इन सामान्य चिकित्सा (Health Assistant) कार्यक्रम सञ्चालन भइरहेका छन्। देशका ३६ भन्दा बढी जिल्लाबाट आएका विद्यार्थीहरूले यहाँ अध्ययन गरिरहनु हाम्रो शिक्षण प्रणाली, शैक्षिक वातावरण र…
बिनोद न्यौपाने
प्रधानाध्यापक
Kispang Polytechnic Institute